३ भदौ २०८३, बुधबार 1787204602
Banner

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट, बन्चरेडाँडा पुगे कुलमान

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्।

उपत्यकाका सडकहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्दै गएको वर्तमान अवस्थामा, मन्त्री घिसिङले यसको दीर्घकालीन समाधान खोज्ने प्रयासस्वरूप स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडा पुगेका हुन्।