२६ भदौ २०८३, शुक्रबार 1789152228
Banner

प्रचण्ड भेट्न पेरिसडाँडा पुगे माधव नेपाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पेरिसडाँडामा छलफलमा जुटेका छन्। स्रोतका अनुसार छलफलको मुख्य विषय पार्टी एकता रहेको छ । पेरिसडाँडामा एकता कार्यदलको छुट्टै बैठक पनि चलिरहेको छ। हाल दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न र नेताहरूको जिम्मेवारी बाँडफाँटमा अन्तिम सहमति हुन बाँकी रहेको छ । यही कात्तिक २० गते पार्टी एकता घोषणा गर्ने तयारी गरिएको छ ।

यसैबीच‍, पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको थियो । कात्तिक २० मा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।