१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:41 am
Banner

अफगानिस्तानमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प

सूचना प्रेस २०८२ कार्तिक १७ सोमबार ००:००, ०७:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको हो।

भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि यसको धक्का महसुस गरिएको बताइएको छ।

अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।