१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:38 am
Banner

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

सूचना प्रेस २०८२ कार्तिक १९ बुधबार ००:००, १६:२० बजे १ मिनेट पढाइ

काठमाडौं, १९ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् ।

भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।