१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
समाचार

बिहार चुनाव : आज साँझदेखि नेपाल–भारत सीमा नाका बन्द हुँदै

सूचना प्रेस २०८२ कार्तिक २२ शनिबार ००:००, ०९:१४ बजे १ मिनेट पढाइ

रौतहट, २२ कात्तिक । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै आज (कात्तिक २२ गते) साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।

भारतको बिहार राज्य सितामढी तथा पूर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णः रुपमा बन्द हुनेछ ।

नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिएको उनले बताए । सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।