२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:43 am
Banner

नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने

सूचना प्रेस २०७९ जेष्ठ १२ बिहिबार ००:००, ०७:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।

https://www.youtube.com/watch?v=YZ6S2OgwpMI

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गर्नुभएको थियो ।