४ असार २०८३, बिहिबार 1781826394
समाचार

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार जाम्बियन नागरिक पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेकी एक जाम्बियन नागरिकलाई फरार भएको करिब दुई महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, ३५ वर्षीया अबिशर्ग कापुटुला २०८२ भदौ २४ गते आन्दोलनको क्रममा कारागारबाट फरार भएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खोजतलास गर्ने क्रममा उनलाई २०८२ कात्तिक २३ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिएअनुसार, पक्राउ परेकी कापुटुलालाई थप कारबाहीका लागि पुन: केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको छ।