८ मंसिर २०८१, शनिबार 1732400669
Banner

सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह बन्यो : ओली

काठमाडौं । नेकपा ((एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउन खोजेको आरोप लगाउनुभयो । उमेदवारलाई धम्क्याउने, उनीहरूको घरमा बम विस्फोट गराउनेलगायत काम भएको छ । उहाँले शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन हुन नसकेको बताउनुभयो ।