१ जेष्ठ २०८३, शुक्रबार 1778882056
Banner

आज काठमाण्डु​ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाण्डु​ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो। सुदूरपश्चिमको पहिलो खेल हो।

काठमाण्डुको कप्तानी करण केसीले सम्हालेका छन्। उनीसँग मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, भीम सार्की, राशिद खान, उत्तम मगर, सन्नी पटेल, जोन सिम्पसन, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस ,सन्तोष यादव र सोनु देवकोटा टोलीमा छन्।

सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गरेका छन्। टोलीमा विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, अविनाश बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मित सिंह, आरिफ शेख र दीपेन्द्र थापा छन्।