काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए ।
आगजनीमा संलग्नहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी, गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना छन् । आरोपीहरूबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।


