काठमाडौँ । गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको आइतबार आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिए ।
उनकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए । उनले र बैंकहरुको नाफा बढोस् भन्ने उद्देश्यले महानगरभित्रका शाखाहरु समायोजन गर्नसक्ने वातावरण मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरिएको समेत बताए ।


