२ जेष्ठ २०८३, शनिबार 1778919360
Banner

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देश सभा गर्ने भएको छ।

भृकुटीमण्डपमा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा ‘एकता सन्देश सभा’ गर्ने निर्णय नेकपाले गरेको हो।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कम्युनिस्ट पार्टीले अहिलेसम्म मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। अब बागमतीको हेटौँडामा मङ्सिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ।