३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:31 am
Banner

एमाले महाधिवेशन : आज भृकुटीमण्डपमा बन्दसत्र हुँदै

सूचना प्रेस २०८२ मंसिर २८ आइतबार ००:००, ०७:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो। बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने एमालेको तयारी छ।

यसपटक अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिने तयारी गरेका छन्।

यद्यपि बन्दसत्र सुरु हुनै लाग्दा पनि दुवै पक्षले प्यानल घोषणा गरिसकेका छैनन्। अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेललाई पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन छ।

यो प्यानल ईश्वर–विद्याका रूपमा घोषणा गरिने चर्चा यस अघिदेखि नै भइरहेको छ। आजदेखि २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदै छन्।

एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।

सबै गरेर एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुनेछ।