७ जेष्ठ २०८३, बिहिबार 1779425093
अर्थ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सय रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।