३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:06 am
Banner

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति

सूचना प्रेस २०८२ पुस ८ मंगलबार ००:००, १४:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद भोलि दिउँसो १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ।

मंसिर मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने भनिए पनि तोकिएको समयमा प्रक्रिया पूरा हुन नसकेपछि म्याद थप गर्ने सहमति भएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली (सिस्टम) लक गर्ने तयारी गरेको छ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया पुस १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

उनका अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम टुंग्याएर पार्टीलाई बुझाइनेछ। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।