काठमाडौँ । विभिन्न जिल्लामा लागू औषधसहित १८ जना पक्राउ परेका छन् । काठमाडौँ, झापा, सिन्धुली लगायतका जिल्लामा १८ जना पक्राउ परेका हुन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउन सुगर जस्तो देखिने ५ ग्राम पदार्थसहित सुनसरी घर भएका २४ वर्षीय देवबहादुर विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले
काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ००१–००६ ख ९८८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, झापाको कन्काई नगरपालिका–७ दुर्गापुरबाट ब्राउन सुगरजस्तो देखिने ३ ग्राम ७ सय ८० मिलिग्राम पदार्थसहित सोही नगरपालिका–५ बस्ने ४१ वर्षीया सम्झना श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका–१ दानाबारी बस्ने ३१ वर्षीय सन्देश राई र ४६ वर्षीय टेकबहादुर लिम्बु रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०३००१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापाकै बाह्रदशी गाउँपालिका–२ जनता चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित भारत बिहार किशनगंज धातोला पन्चायत–२ खरौल टोल बस्ने २२ वर्षीय मो.नाजिरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–५ कुलुवापुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय २१ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ८ सय ग्राम र नगद २८ हजार ६ सय १६ रुपैयाँसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकी र २० वर्षीय मान बहादुर विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९० ट्याब्लेट सहित बन्दिपुर गाउँपालिका(५ याम्पाफाँट बस्ने २२ वर्षीय सूर्य नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ६६९० नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता, कपिलवस्तुको मायादेवी गाउँपालिका–२ भैसकुण्डबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४३ ग्राम ७ सय ६० मिलिग्रामसहित सोही गाउँपालिका–४ बुलकडिहवा बस्ने ३० वर्षीय अब्दुल कासिमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एयु ०७२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुर बस्ने ३७ वर्षीय किसिमलाल चौधरीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ६० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
त्यस्तै, कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–१ बनगाउँ बस्ने ३३ वर्षीय सञ्जीवकुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–३ नालामुखबाट टापेन्टाडोल २ सय ९८ ट्याब्लेट र नगद ३५ हजार रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१० रामबजार बस्ने पर्वत घर भएका ४० वर्षीय सुरेन्द्र गुरुङ र सोही महानगरपलिका–८ डेरा गरी बस्ने बारा घर भएका ३० वर्षीय सलमान खान रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोल बस्ने ३१ वर्षीय नीरज गुरुङ र उनकै श्रीमती २५ वर्षीया सुमता राईलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान उपमहानगरपलिका–७ श्रीजंग मार्गबाट ट्रामाडोल ५ सय ७० ट्याब्लेट र स्पास्पेन ५ सय ५० ट्याब्लेटसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संसार थापा, सोही उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय सन्देश लिम्बु र सोही उपमहानगरपालिका–७ बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


