काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताए ।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डिभेपमेन्ट (अकाइड) नेपालले, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रमका सम्भव भएको थियो ।
कार्यक्रममा अकाईड नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दुर्गा थापा र पाटा इन्टरनेशनलको नेपाल च्याप्टरकी सदस्य सरिता लामाले लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अकाईड नेपालका अध्यक्ष प्रो. डा. जिवनाथ धितालले नेपालको पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भएता पनि महिलाहरुले सञ्चालन गरेका उद्यमहरुलार्इृ दिगो र लाचिलो बनाउनका लागि वित्तिय पहुँच अभिवृद्धि र सहायता कार्यक्रहरु सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रमा बोल्दै युएनडीपी नेपालकी कल्पना सरकारले नेपालमा समावेशी, दिगो तथा लचिलो पर्यटन विकासका लागि पर्यटन बोर्डसँगको सहकार्यमा दीर्घकालिन पर्यटन परियोजना स्थापना भएको बताइन् ।
यसका साथै कार्यक्रममा महिला उद्यमशिलताको पर्वद्धन, दिगो तथा लचिलोपनाका लागि दुई छुट्टै प्यानालमा छलफल पनि भएको थियो। प्यानल छलफलमा नेपाल सरकारको पर्यटन, संकृति तथा नागरिक उड्यान मन्त्रालय, महिला, बालबालिका तथा जष्ठ नागरिक मन्त्रालय, नेपाल राष्ट्र बैंक, होटल एसोसियसन नेपाल, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सिज, टुरिष्ट गाईड्स एसोसियसन नेपालका प्रतिनिधिहरु, अर्थशास्त्री, पर्यटनविद र अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो ।


