७ जेष्ठ २०८३, बिहिबार 1779403383
Banner

काठमाडौंका मेयर बालेन र उपमेयर सुनिताले लिए शपथ

काठमाडौं – काठमाडौं महानगरपालिका नव निर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो। नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो

बालेनले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभयो । प्रमुख साहले वडाध्यक्ष र वडा सदस्य जनप्रतिनिधिहरूलाई शपथ गराउनुभएको थियो ।