४ आश्विन २०८१, शुक्रबार 1726881670
Banner

दुर्घटनामा परेका १६ जनाको शव भेटियो, अन्यको खोजी कार्य जारी

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ । घटनास्थलमा रहेका प्रहरीको उच्च स्रोतका अनुसार, “संकलन भएका शवहरू पहिचान हुने प्रकृतिका छन् । दुई शव जहाजले किचेको देखिन्छ । जहाजको ठूलो भाग भीरमा रहेकाले शव संकलनमा कठिनाइ छ । अरू शव पनि जहाजमुनि दबिएका हुनसक्छन् ।” विमानमा सवार यात्रु र चालकदलका सदस्य सहित २२ जनाको शव छरपष्ट अवस्थामा रहेको र संकलन कार्य सुरु भएको यार्चागुन्बु संकलन गर्न पुगेका बाग्लुङका विसाल मगरले बताउनुभयो।

जहाजमा सवार २२ जना जीवित अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु र सव भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । सेना सहितको उद्धार टोलीले २२ जनाको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।