४ आश्विन २०८१, शुक्रबार 1726860587
पालिका

बिरेन्द्र प्रजापतीले सम्हाले पदभार, फोहोरको व्यवस्थापन र सेवाग्राहीको काम तुरुन्त गर्ने पहिलो निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार हाँडीगाउँस्थित कार्यालयमा अध्यक्ष प्रजापती सहित वडा सदस्यहरु शसी थापा, विजय प्रकाश कर्माचार्य, आरती सुनार, मिनासिंह प्रजापतीले पदभार सम्हाल्नुभएको हो

। पदभार सम्हालेको पहिलो दिनमै अध्यक्ष प्रजापतीले फोहोरको व्यवस्थापन यथाशिघ्र गर्ने, वडा नम्बर ५ को सडकमा देखिएको खाल्डाखुल्डी पुर्ने र सेवाग्राहीको काम तुरुन्त गर्ने निर्णय गर्नुभयो । कार्यक्रममा स्थानीयवासी, कार्यलय सचिव,कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।