काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मिल्नका लागि प्रयास भइरहेको बताए । उनले कांग्रेसलाई मजबुत र एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
कांग्रेसभित्र इतर पक्षीय नेताहरूले विशेष महाधिवेशनको विषय अघि बढाएपछि संस्थापन पक्षका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । पार्टीभित्र देखिएको असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।


