काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । आज काँग्रेस संस्थापन पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै काँग्रेस नफुटेको बताएका हुन् ।
उनले भने, ‘कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो रहन्छ । हामीले निर्वाचन आयोगको काम हामीले पनि गरिसकेका छौँ । बहुमत प्रतिनिधि जहाँ रहन्छन् त्यही हो नेपाली कांग्रेस,’ ।


