काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जाने निर्णय गरेको छ ।

शनिबार सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको कांग्रेस देउवा समूहका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उनले कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गरिने बताए । कांग्रेसका सन्दर्भमा आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून र कांग्रेसको विधानको व्यवस्थाबिरुद्ध भएको बैठकको ठहर रहेको उहाले बताए ।
उनले देशको सवै भन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय देखिएको उल्लेख गरे । आयोगको निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बैठकको निष्कर्ष रहेको उहाले बताए ।
प्रवक्ता महतले आइतबार नै आफुहरु सर्वोच्च अदालत जाने जानकारी दिए । आफुहरुको पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी आयोगबाट एकतर्फी रूपमा निर्णय भएको उनको भनाइ छ । प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको दावी गरे ।


