काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । त्यसमध्ये ११ स्थानमा महिला उम्मेदवार उठाएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरूको नामावलीमा कांग्रेसले १५४ जना पुरुष उम्मेदवार अघि सार्दा ११ जना महिला उम्मेदवार अघि सारेको हो ।
ठुला भनिएका एमाले कांग्रेस, नेपाली कम्युनिस्ट लगायतका दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त कम मात्रमा उठाएको आयोगको सूचीमा देखिन्छ ।







