काठमाडौँ, ८ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो ।
सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


