काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्कल्प सार्वजनिक गरेका हुन् ।
थेबेले ताप्लेजुङको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत–साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ’विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्चित गरिनेछ’, उनले भने ।
सालिन र जिम्मेवार युवा नेतृत्वका रूपमा परिचित उहाँले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गरे ।
एमालेले ताप्लेजुङमा स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाएको जनाएको छ । उम्मेदवार थेबेको प्रतिबद्धतालाई जिल्लाको दीर्घकालीन विकाससँग जोडेर पार्टीले मतदातामाझ प्रस्तुत गरिरहेको छ ।


