५ आश्विन २०८१, शनिबार 1726921132
Banner

तस्विरमा हेर्नुहोस राष्ट्रपति भण्डारीको कांक्रेविहार अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहनुभएकी उहाँले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो । तस्विर रासस