धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहले कैलाली-२ लाई मतलब नगरेपछि समर्थक निराश बनेका छन् ।
बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका-२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए । तर बालेनले मतलब नगरी सरासर अगाडि बढेपछि समर्थक निराश बनेका हुन् ।
बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली-२ का उम्मेदवार केपी खनालसँ गुनासो गरेका छन् । खनालले पनि समन्वय अभावमा शाहलाई त्यहाँ रोकाउन नसकिएको बताएका छन् । रास्वपाका उम्मेदवार खनाल बालेनकै तर्फबाट उम्मेदवार बनेका हुन् ।


