५ आश्विन २०८१, शनिबार 1726950610
Banner

आगामी असोजमा महाधिवेशन गर्ने विप्लव नेतृत्वको निर्णय

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए ।

नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो।