काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको बताएका छन् ।
झापाको कमल गाउँपालिकाका स्थानीयहरूसँगको कुराकानीका क्रममा उनले भने– मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन ।
एक स्थानीयले प्रदेश संरचनामा धेरै खर्च हुने भन्दै यसलाई खारेज गर्नुपर्ने बताउँदा साहले यस्तो बताएका हुन् । ती स्थानीयले ‘धेरै खर्च छ नि प्रदेशमा त, भत्तासत्ता स्वकीय, स्वकीय गर्दा धेरै खर्च छ नि हजुर !’ भनेका थिए ।
बालेनले भने– प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो ।


