२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:03 am
समाचार

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

सूचना प्रेस २०८२ माघ २१ बुधबार ००:००, १०:१६ बजे १ मिनेट पढाइ

बैतडी,२१ माघ । यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।