काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।
भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार केही समय यता भोजप्रसाद अस्वस्थ थिए । उनको आजै पशुपतिमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।


