काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त आदेशलाई कायम राखेको हो। नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले अधिकारीलाई थुनामा पठाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। विशेष अदालतको आदेशविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए, तर सर्वोच्चले थुनामै राख्ने निर्णयलाई सदर गरेको छ।


