काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो ।

खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको स्कटल्याण्ड खेल सकिन ७ बल अगावै १ सय ४७ रनमा समेटियो । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । सो क्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी, स्कटल्याण्डका टम ब्रुसले २८ बलमा ३५ रन बनाए भने जर्ज मुन्सेले १९ रन जोडे ।
बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्ड एक्लैले ५ विकेट लिए । जेसन होल्डरले तीन विकेट लिँदा गुडकेश मोती र शमार जोसेफले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका शिमरन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक पारी खेले । सो क्रममा उनले दुई चौका र छ छक्का प्रहार गरे ।
त्यसैगरी, ब्रान्डन किङले ३० बलमा ३५ रन बनाए । शेरफेन रुथफोर्डले १३ बलमा २६ रन बनाउँदा रोभमन पावेलले १४ बलमा २४ रन जोडे ।


