काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । ड्राइभर हाम फालेर बाचेको स्थानीयले बताएका छन् ।
घटनाको थप विवरण आउँन बाँकी छ ।


