काठमाडौं । विकास र समृद्धिलाई चुनाबी एजेन्डा बनाएर मैदानमा उत्रिएको नेकपा एमालेलाई यसपटकको निर्वाचन प्रतिष्ठाको बिषय बनेको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका नेकपा एमालेका नेता रामेश्वर फुयाल यसपटक काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदबार बनेका छन् । नेकपा एमालेको राम्रो सङ्गठन भएको क्षेत्रको रुपमा चिनिएको काठमाडौं ३ मा यसपटक रास्वपाका राजु पाण्डे र उज्यालो नेपालका कुलमान घिसिग उनको प्रतिस्पर्धी बनेका छन् ।
यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा एमालेका फुयालको तयारी छ ।
आज सिल्कन पार्टी प्यालेसमा आयोजित उम्मेदवार मतदाता भेटघाट कार्यक्रम उम्मेदबार फुयालले आसन्न निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई आह्वान गर्नुभयो। उहाँले रामेश्वर ज्युजस्तो दूरदर्शी राजनीतिक नेतृत्व यस क्षेत्रमा अभाव रहेको दाबी गर्नुभयो।
साथै, लोकतान्त्रिक अधिकारको सदुपयोग गर्दै सूर्य चिन्हमा मतदान गर्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँले आग्रह गर्नुभयो।


