काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड ५३ लाख मतपत्रको छपाइ सकिएको छ । जनक शिक्षाले बुधबार बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको हो ।
दैनिक १५ लाख मतपत्र छपाइ भइरहेकोले शुक्रबारसम्ममा सबै मतपत्र छापिसकिने जानकारी दिइएको छ । अब प्रत्यक्षतर्फ ५० लाख मतपत्र छपाइ बाँकी छ ।


