ताप्लेजुङ, १ फागुन । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुग्नुभएको छ । आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ ।
पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेख्नुभएको छ । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।


