काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज (आइतबार) ४.१ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।


