३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 3:28 pm
समाचार

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा घोषणा गर्न सिफारिस

सूचना प्रेस २०८२ फाल्गुन १० आइतबार ००:००, १६:४२ बजे १ मिनेट पढाइ

काठमाडौँ : निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यसहित फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।

आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न तथा मतदाता अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त अवधिमा बिदा आवश्यक हुने निष्कर्षसहित सरकारलाई प्रस्ताव पठाइएको हो। सरकारको निर्णय अनुसार बिदा सम्बन्धी अन्तिम व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ।