काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका पदाधिकारीलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
आयोगले निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन सुनिश्चित गर्न स्थानीय कार्यपालिकामा रहेका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा संलग्न हुन नपाउने स्पष्ट गरेको छ।
आचारसंहिता उल्लङ्घन हुने गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वासयोग्य बनाउने उद्देश्यसहित आयोगले सबै स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।



