४ आश्विन २०८१, शुक्रबार 1726867181
Banner

नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर

काठमाडौं । प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाको स्वामित्वमा रहेको एनए ०३९ हेलिकप्टर हस्तान्तरण गरेको छ।

नेपाली सेनाले विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि उक्त हेलिकप्टर प्रदान गरेको हो ।

नेपाली सेनाका अनुसार हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास महन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरे ।

उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गरिने जनाइएको छ ।

उक्त हेलिकप्टर भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको हो । उक्त हेलिकप्टर २०५८ साल मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाले विश्वविद्यालयले हेलिकप्टरबाट प्राविधिक ज्ञान अभिवृद्धि गर्ने विश्वास लिएको जनाएको छ ।