१ जेष्ठ २०८३, शुक्रबार 1778830902
Banner

होली पर्व आजदेखि सुरु, हनुमानढोरमा चीर ठड्याइ

काठमाडौं । होली पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको हो।

आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको छ। रङ्गीचङ्गी धजा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो।

त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ। गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाडौं उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ।

तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सम्पन्न हुन्छ। यस वर्ष होलीपर्व काठमाडौ लगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ।