काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा हिरोका कारण फिल्म चलेपनि देश नचल्ने बताएका छन् । अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टिम’सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ ।
उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टिम आवश्यक पर्नेछ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन ।’
उनले थपे, ‘देश बनाउन सशक्त र सक्षम टिम चाहिन्छ । त्यो टिम कांग्रेसले बनाएर अघि बढ्छ ।’ पश्चिम नवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा सम्बोधन गर्दै शर्माले भने ‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ । उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवा लगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ ।’


