१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:41 am
विश्व

इरानमाथि इजरायलको आक्रमण, इजरायलभर संकटकाल घोषणा

सूचना प्रेस २०८२ फाल्गुन १६ शनिबार ००:००, १२:४३ बजे १ मिनेट पढाइ

तेल अभिभ । इजरायलले इरान विरुद्ध ‘पूर्व-सतर्कता’ आक्रमण सुरु गरेको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।

इरानको राज्य-सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको उत्तर र पूर्वमा धेरै नयाँ विस्फोटहरू सुनिएको रिपोर्ट गरिरहेको छ।