१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:28 am
विश्व

इजरायली आक्रमणबाट लेबनानमा ५० जनाको मृत्यु, ३३५ जना घाइते

सूचना प्रेस २०८२ फाल्गुन २० बुधबार ००:००, ०९:४२ बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्धको आज पाँचौं दिन हो । यसैबीच, इजरायलले लेबनानमा इरान समर्थक लडाकू समूह हिजबुल्लाहविरुद्ध पनि आफ्नो सैन्य कारबाही तीव्र पारेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा हालसम्म ५० जनाको मृत्यु भइसकेको छ भने ३३५ जना घाइते भएका छन् ।

यसैबीच, इजरायल रक्षा बलले दक्षिण लेबनानका १६ गाउँ र शहरहरू खाली गर्न निर्देशन दिएको छ ।