काठमाडौँ । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रबिन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्ट रहेका छन् ।
फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रमपूर्ण अफवाह फैलाउने उद्धेश्य तथा निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर पार्ने खालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेक भिडियो बनाएकाले भट्टलाई पक्राउ गरिएको खनालले बताए। सोही महानगरको वडा नम्बर १० बाट बुधबार पक्राउ परेका उनीमाथि छानबिन तथा थप अनुसन्धान सुरु गरिएको छ।


