काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदानस्थलमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि झडपको स्थिति सिर्जना भएको छ । यसको विरोधमा एमाले र रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
यसैबीच, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति सामान्य पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


