काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान जारी छ । ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । यति बेलासम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।
यो करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।


