काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट विजयी सुरुवात गरेको छ । काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी हुन् । उनले १५४५५ मत प्राप्त गरेकी छन भने उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६३६४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रविन्द्र मिश्रले जम्मा तीन हजार ९७२ मत प्राप्त गरेका छन ।
निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।


